शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्वारेन्टाइनमा मृत भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ

क्वारेन्टाइनमा मृत भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ

कोरोनाले मृत्यु हुनेको संख्या सात पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७७, शनिबार

सुर्खेत, १७ जेठ – शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् ।
भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताए । उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै छ जनाको मृत्यु भइसकेको छ । उनीसहित मृतकको  संख्या सात पुगेको छ । कर्णाली संक्रमितको संख्या भने ७८ पुगेको छ ।शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी  विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ ।  कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला  छन् ।
मन्त्रालयका अनुसार  प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन्।  यस्तै प्रदेश नम्बर ५ मा ५४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमित छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->