बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पोखरालाई भगिनीहरुको सहयोग !

पोखरालाई भगिनीहरुको सहयोग !

चीनका विभिन्न सहरबाट पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग आएको छ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७७, आइतबार

पोखरा, १८ जेठ– जिउँदाको जन्ती, मर्दामा मलामी बन्ने छिमेकी नै हो । मरेपछिको कुरा विश्वास नै हो, जिउँदामा भने देखिने हो ! सम्बन्ध दिदी–बहिनीकै हुँदाको अवस्था त अझै फरक हो÷हुने रहेछ । कोरोना कहरको बेला पोखराका उत्तरी भगिनीहरुले गरेको सहयोगले यही भन्छ । हो,पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध लगाएका चीनका विभिन्न सहरबाट पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग आएको छ । गएको बिहीबार चीनको लिन्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री पोखरा आइपुगेको हो ।
पोखराका भगिनीहरु लिञ्जी, कुन्मिन र ग्वाङ्झाओले दुःखको यो घडीमा १० हजार वटा सर्जिकल मास्क, ३ सय वटा गाउन, पञ्जा, जुत्ता र कभर लगायतकासामग्री आएको मेयरका प्रम्ुख स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । सामान बुझ्नेदेखि पोखरा ल्याउनेसम्मका सबै कामको समन्वयकर्ता पनि उनी नै थिए ।
उनका अनुसार यसअघि यिविन र गाञ्जीबाट २० हजार थान मास्क आइपुगेको उनले बताए । अब छुसाओ सहरबाट स्वास्थ्य सामग्री आउने उनले सुनाए ।
तातोपानी नाकाहुँदै स्वास्थ्य सामग्री पोखरा ल्याइएको हो । उनका अनुसार अन्य तीनवटा सहरबाट स्वास्थ्य सामग्री आउन बाँकी नै छ । भगिनी सहरबाट सहयोग आएको स्वास्थ्य सामग्री महानगरको आवश्यकताअनुसार प्रयोग गरेर बाँकी रहेको सामग्री गाउँपालिका र अस्पतालहरुलाई सहयोग गरिने उनले जानकारी दिए । ‘तीन वटा सहरबाट सहयोग मिलेको छ,’ उनले भने, ‘अझैं ३ वटा सहरबाट स्वास्थ्य सामग्री आउँछ ।’स्वास्थ्य सामग्री लिन नेपाल चीन जनमैत्री संघको अध्यक्ष विश्वशंकर पालिखे, लक्षमण तिमिल्सिना र ड्राइभर टिकाराम रिमाल तातोपानी नाकासम्म पुगेका थिए । सबै सामानको मूल्य करिब ७९ हजार डलरको रहेको पालिखेले बताए । पोखरा महानगरपालिकाले चीनका कोमागाने, लिञ्जी, ग्वाङझाओ,छुसाओ,हाइकाओ,नानिङ, गाञ्जीसहित जापानको कोमागाने,टर्कीको आलाडर,ग्यानबुकसहित देशका भरतपुर र धरान महानगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको छ । सबै सहरबाट गरेर जम्माजम्मि ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पोखरा महानगरपालिकालाई सहयोग आउदै छ । विश्वशंकर पालिखेले ३ वटा सहरमा समन्वय गरि दिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->