शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुधबार बिहानै नवलपुरमा थपिए एक संक्रमित

बुधबार बिहानै नवलपुरमा थपिए एक संक्रमित

गण्डकीमा संक्रमितको संख्या ३८ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७७, बुधबार

पोखरा, २१ जेठ– गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १६ वर्षिय बालकमा कोरोना पुष्टि भएको छ ।
नवलपुर बुलिङटार गाउँपालिका ठेगाना भएका संक्रमित बालक कपिलबस्तु बाडगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएका उनलाई भरतपुर महानगरपालिका चितवन स्थित कोरोना अस्पतालमा उपचारका लागि ल्याउने तयारी भई रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । हिजो मात्रै स्याङ्जा र पर्वतमा १० जना संक्रमित थपिएका थिए । गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->