सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बजार खुलाउन ब्यबसायीले प्रजिअ भेटे

बजार खुलाउन ब्यबसायीले प्रजिअ भेटे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

बागलुङ, २३ जेठ– व्यापार व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाईदिन आग्रह गर्दै बागलुङका व्यवसायीहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई भेटेका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ पुगेको व्यवसायीको टोलीले लकडाउन खुकुलो बनाउँदै व्यवसायीक वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई आग्रह गरेका हुन् ।
व्यवसायीले झण्डै तीन महिनाको लकडाउनका कारण व्यवसाय क्षेत्र चौपट भएको भन्दै सामाजिक दुरी कायम गरेर व्यवसय गर्ने वातावरण बनाई दिन प्रजिअ सैजुलाई आग्रह गरेको संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
अधिकांश ब्यापारीहरूले घरभाडा महंगो भएको, बैंक तथा वित्तिय संस्थाबाट ऋणको व्याज तिर्न ताकेता गरिएको लगायतका समस्या राख्दै व्यवसायीक वातावरणका लागि आग्रह गरेको उनको बताए ।
ब्यबसायीलाई भेट्नु भएका प्रजिअ सैजुले बजार खोल्नेबारे गृह मन्त्रालयबाट नयाँ सर्कुलर आएपछि मात्रै निर्णय हुने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->