बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

क्वारेन्टाईन बसेका युवामा झडापखाला, आईसोलेसनमा भर्ना गरियो

क्वारेन्टाईन बसेका युवामा झडापखाला, आईसोलेसनमा भर्ना गरियो

उपचारको क्रममा गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई पुनः क्वारेन्टाइनमा राखिएको थियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७७, शनिबार

बागलुङ, २४ जेठ– धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुपाटाका २३ वर्षिय युवामा झाडापखला र स्वासप्रश्वासमा समस्या देखिएपछि धौलागिरि अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनमा ज्वरोको समस्या देखिएपछि दुई दिन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उपचारको क्रममा गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई पुनः क्वारेन्टाइनमा राखिएको थियो । शुक्रबार फेरि उनमा झाडापखाला र श्वासप्रस्वासमा समस्या देखिएपछि आईसोलेनमा भर्ना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।
यस्तै, गलकोट नगरपालिका वडा नम्बर ११ रिघाको रत्न राज्यलक्ष्मी माविको क्वारेन्टाइनमा बसेका एक युवामा रुघाखोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार नै धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->