सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुकुम घटनाको छानबिन समितिले काम थाल्यो, असारमा घटनास्थल जाने

रुकुम घटनाको छानबिन समितिले काम थाल्यो, असारमा घटनास्थल जाने

 समितिलाई आफैं कार्यविधि बनाएर लागू गर्ने अधिकार दिइएको छ । 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७७, बिहिबार

काठमाडौं, २९ जेठ – रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरु गरेको छ । समितिका सदस्यहरुले बिहीबार सिंहदरबारस्थित कार्यलयमै पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । भेटपछि संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रारम्भिक छलफल सुरु गरिएको बताए । उनले पत्रकारहरुसँग भने, ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र आजबाट औपचारिक रुपमा प्रारम्भिक छलफल सुरु गरेका छौं ।’
सांसद पौडेलले अब कार्यविधि बनाएर अगाडि बढ्ने बताए । कार्यविधि र कर्मचारी व्यवस्थापनलगायतका विषयमा समितिले बिहीबार सभामुख सापकोटासँग छलफल गरेको हो । समितिलाई आफैं कार्यविधि बनाएर लागू गर्ने अधिकार दिइएको छ । प्रतिनिधि सभाको जेठ २६ गतेको बैठकमा समिति गठनको औपचारिक जानकारी दिइएको थियो । समितिलाई एक महिनाको समय दिइएको छ ।
समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विसुंखे, प्रकाश रसाइली (स्नेही), बिमला बिक., महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव सदस्य छन् । मल्ल थरकी केटीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विकसहित ६ जनाको यही जेठ १० गते हत्या भएको छ ।
उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसको निरन्तर दबाबमा प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन गरेर अनुसन्धानको जिम्मेवारी दिएको हो ।
छानबिन समितिले असार पहिलो हप्ता घटनास्थल जाने तयारी गरेको छ । प्रतिनिधिसभामा सरकारको निशान छाप अद्यावधिक गर्नेसम्बन्धी संविधान संशोधन विधेयक विचाराधीन छ । उक्त विधेयक पारित गरेर मात्र घटनास्थल जाने समिति संयोजक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->