- फाईल तस्बिर
पर्वत, ३१ जेठ- बर्षा सँगै आएकाे पहिराेले पर्वतमा दुई घर पुरेकाे छ । कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा बर्षा पछि गएको भिषण पहिरोले घर पुरेकाे हाे ।शनिबार साँझ परेको अबिरल बर्षाका कारण आएको पहिरोले काफलचौरमा दुई घर पुरेकाे हो । घटनाका बारेमा थप बिबरण आउन बाकी छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको छ । शसस्त्र प्रहरी समेत घटनास्थल तर्फ हिडेको छ।





