पर्वत, १३ असार– कोरोना भाइरस संक्रमणपछि उपचाररत पर्वतका ८ जनालाई निको भएको छ । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार उपचाररतहरूको स्वाब पुन परीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना अस्पताल (अस्थायी) बाट डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज गरिएकामध्ये केहीलाई सम्बन्धित स्थानीय तहले लगेको भए पनि कोहीलाई भने आइतबार लैजाने तयारी भइरहेको कोरोना अस्पतालमा संक्रमितहरूको उपचारमा खटिएका डा. सुरज नेपालीले बताए ।
कोरोना संक्रमण निको हुनेहरूमा कुस्मा नगरपालिकाका १ जना महिलासहित ३ जना पुरुष गरी ४ जना तथा फलेवास नगरपालिकाका १ जना पुरुष तथा विहादी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाका १÷१ जना पुरुष रहेका छन् । शनिवार ८ जनालाई निको भएको पुष्टि भएसँगै पर्वतमा कोरोना जित्नेहरूको संख्या १९ पुगेको छ ।





