शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शनिबार गण्डकीमा १५ संक्रमित थपिए

शनिबार गण्डकीमा १५ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७७, शनिबार

बागलुङ, ३ असोज– गण्डकी प्रदेशका चार जिल्लामा शनिबार बिहानै थप १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका समेत गरी प्रदेशमा संक्रमितहरुको संख्या तीन हजार ३५१ पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ११, स्याङ्जा र लमजुङका एक÷एक जना रहेका छन् ।
यस्तै, पर्वत जिल्लामा पनि थप २ जनामा संक्रमणको पुष्टि भएको छ । उनीहरू कुस्मा नगरपालिका वडा नं. ६ की ५७ वर्षीया महिला र नेपाली सेनामा कार्यरत ३५ वर्षीय जवान रहेका छन् । नवलपरासीको हुप्सेकोटकी संक्रमित महिला स्वास्थ्य स्वयंसेविका रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->