मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सोमबार बागलुङमा ६ प्रतिवादी पक्राउ

सोमबार बागलुङमा ६ प्रतिवादी पक्राउ

पक्राउ परेका सबैजना केही सार्वजनिक अपराध मुद्धाका ।


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

बागलुङ, १२ असोज– अदालतको फैसला कार्यान्वयनमा नआएकाहरुलाई पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले जारी राखेको छ । अभियानअन्र्तगत केही सार्वजनिक अपराध मुद्दाका ६ जनालाई सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । ४ सय रुपैयाँ जरिवाना भुक्तान हुन बाँकी रहेका बागलुङ नगरपालिका–७ का मिठे किसान सार्की, २ हजार जरिवाना बाँकी रहेका वडा नं. १४ का दर्पण श्रेष्ठ, ७ सय जरिवाना बाँकी रहेका वडा नं. २ का सन्तोष बोसेल, ७ सय ७५ रुपैयाँ जरिवाना बाँकी रहेका सोही ठाउँका सन्दिप बोसेल, १ हजार जरिवाना बाँकी रहेका सोही ठाउँका केदार बोसेल र ४ हजार ५ सय ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका काठेखोला गाउँपालिका–७ रेशका बिष्णु बहादुर जिसीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबैलाई सोमबारनै जिल्ला अदालत पेश गरेर कानुनी प्रक्रिया थालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->