बागलुङ, १३ असोज– रोटरी क्लब अफ बागलुङले नेपाल पत्रकार महासंघ र ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । क्लबले ढोरपाटन र जैमिनीमा राहत सामाग्री बितरण गरेपछी दुइ संस्थालाई मास्क र सेनिटाइजर सहयोग गरेको हो । संस्थाका सहसचिव नारायण शर्माले आफ्नै फर्ममा बनाएको मास्क र क्लबले किनेको सेनिटाइजर गरेर मंगलवार हस्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष दयाराम पौडेल र पूर्व अध्यक्ष ओमप्रकाश पौडेलले महासंघका अध्यक्ष दिल शिरिष र ट्राफिक प्रहरीका बागलुङ प्रमुख प्रहरी नायव निरिक्षक शिव पाठकलाई सामाग्री हस्तान्तरण गरेका हुन् । दुवै संस्थालाई ५ सयको दरले मास्क र सेनिटाइजर हस्तान्तरण गरेका थिए ।
सामाग्री बितरण कार्यक्रममा अध्यक्ष दयाराम पौडेलले सामाजिक क्षेत्रमा योगदान गर्ने क्लबले कोरोना संक्रमणको क्रममा अग्र पंत्तीमा खटिने पत्रकार र ट्राफिकलाईपनि सामाग्री दिने योजना अनुरुप सहयोग गरिएको बताए । उनले क्लबले ग्रामीण क्षेत्रमा खानेपानी आयोजना निर्माण, स्वास्थ्य शिविर संचालन, वृक्षा रोपण लगायतका सामाजिक काम गर्दै आएको जानकारी गराएका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष दिल दिरिषले क्लबको सदासयताले पत्रकारको काम गर्ने मनोबल अझै उचो भएको बताए । क्लबका सचिव रामकृष्ण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख पाठक र क्लबका सहसचिव नारायण शर्माले पनि मन्तव्य व्यक्र गरेका थिए ।





