मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

बागलुङ, १५ असोज– बिहिबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङमा पनि सामाजिक दुरी कायम गर्दै शुभकामना आदानप्रदान गरेर मनाईएको छ । कोरोना कहरबीच ज्येष्ठ नागरिक संघ बागलुङले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागिहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । जेष्ठ नागरिकका इच्छा र आकांक्षालाई बुझेर राज्यले नीति तथा कार्यक्रम बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा पूर्व शिक्षक जगन्नाथ आचार्यले ज्येष्ठ नागरिक समाजको गहना र भावी पुस्ताको मार्गनिर्देशक भएको बताए । संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता र सचिव सचिव हरि सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->