मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फरार प्रतिवादी पक्राउ, ६० रोपनीमा लगाएको गाँजा फाँडियो

फरार प्रतिवादी पक्राउ, ६० रोपनीमा लगाएको गाँजा फाँडियो


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

बागलुङ, १५ असोज– गत वर्ष गौबध गरेको मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले जनही ५ महिना १७ दिन कैद सजाय सुनाएका जैमिनी नगरपालिका–६ अर्जेवाका गगन नेपाली र कृष्ण बहादुर नेपालीलाई प्रहरीले बिहिबार घरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार, उनीहरुलाई बिहिबारै अदालतको निर्देशन अनुसार कारागार पठाईएको छ । बिहिबारनै प्रहरीले केही सार्वजनिक अपराध गर्ने जैमिनी नगरपालिका–७ का रामबहादुर नेपालीलाई पक्राउ गरेको छ ।
उनलाई अदालतले तीन वर्ष पहिले २ हजार रुपैयाँ जरिवाना तोकेको थियो । स्थानीयको घरमा आगलागी गर्ने जैमिनी नगरपालिका–८ का बलबहादुर सुनार बिक पनि पक्राउ परेका छन् । २०७१ सालमा जिल्ला अदालतले उनलाई ५ महिना ६ दिनको कैद सुनाएको थियो ।
यस्तै, चोरीमा संलग्न जैमिनी नगरपालिका–८ का भुवन अधिकारी पक्राउ पनि परेका छन् । उनले अदालतले तोकेको ९ महिना २१ दिन कैंद सजाय भुक्तान गर्न बाँकी छ । लुटपाटमा संलग्न ढोरपाटन नगरपालिका–१ का अर्जुन गौचन पक्राउ परेका छन् । उनले अदालतले तोकेको ५ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।
कुटपिटमा संलग्न बडिगाड गाउँपालिका–६ का ढोर बहादुर घर्ति र दिपेन्द्र बहादुर बुढा पनि पक्राउ परेका छन् । उनीहरुले जनही ४ महिना २८ दिन कैंद र १ हजार ५ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ । प्रहरीले बिहिबारसम्म ८३ जना अभियुक्त पक्राउ गरेको छभने ३ सय ९७ जना फरार छन् ।
गाँजा फँडानी
प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–६ मा ६० रोपनी क्षेत्रफलमा लगाईएको गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको निर्देशनमा झिँवाखोला प्रहरी चौकीबाट खटिएको टोलीले झण्डै ३० हजार बोट गाँजा फँडानी गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->