पर्वत, १८ असोज– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३४ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासको ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। असोज १७ गते सङ्क्रमण रहेको अवस्थामा खोकी, श्वासप्रश्वास र कलेजोको समस्या देखिएका ती पुरुषलाई आइसोलेसनमा राखिएको थियो।
लामो समयदेखि मुटु र कलेजो सम्बन्धी समस्याबाट ग्रसित रहेका उनको अस्पताल भर्ना भएकै दिन असोज १७ गते साँझ करिब ५ बजे मृत्यु भएको हो।
आइतबार बिहान गण्डकी प्रदेशका ६ जिल्लाका ४३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या चार हजार ५९ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको स्वाब परीक्षणबाट उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो।
थपिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत ५ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका ३ जना, राईनास गाउँपालिका–९ का एक जना, दोर्दी गाउँपालिका–१ का एक जना रहेका छन्। यस्तै नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को देवचुली नगरपालिका–१७ का एक जना, वडा नं. ११ का एक जना, वडा नं. ९ का एक जना, वडा नं. १३ का एक जना र वडा नं. २ का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ। गैँडाकोट नगरपालिका–१ का एक जना, वडा नं. २ का तीन जना, वडा नं. ८ का दुई जना, वडा नं. ४ का दुई जना, वडा नं. १६ का एक जना, वडा नं. ५ का एक जना, वडा नं. १ का एक जना, वडा नं. ११ का एक जना, वडा नं. ९ का एक जना र वडा नं. १० का एक जना पनि सङ्क्रमित भएको पाइएको छ। यसैगरी विनयत्रिवेणी गाउँपालिका–४ का एक जना, वडा नं. २ का एक जना, कावासोती नगरपालिका–१६ का दुई जना, वडा नं १४ का एक जना, वडा नं। १५ का एक जना र वडा नं. ८ का एक जनामा सङ्क्रमणको पुष्टि भएको छ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणबाट तनहुँको देवघाट गाउँपालिका–२ का एक जना, वडा नं. ४ का एक जना, ब्यास नगरपालिका–११ का एक जना, वडा नं. २ का एक जना, गोरखाको पालुङटार नगरपालिका–९ का एक जना, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ का एक जना र बागलुङको काठेखोला गाउँपालिका–२ का एक जनामा कोरोना पोजेटिभ रहेको पाइएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार चितवन मेडिकल कलेजमा पुष्टि भएका सबै जना सोही अस्पतालको आइसोलेसनमा बसिरहेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिकाका सबै जना बि।पी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सक, अनमी, सुरक्षा गार्ड तथा लेखा र प्रशासनमा कार्यरत कर्मचारीहरू हुन्।





