पर्वत, २७ असोज– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा कोरोना संक्रमणको पुष्ट एकामध्येका पहिलो उच्च पदस्थ व्यक्ति मल्ल हुन् । उनमा कोरोनाको लक्षण भने देखिएको छैन । मल्ल कास्कीको पोखरामा रहेको चरक अस्पतालको आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । उनी नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कोषाध्यक्ष समेत हुन् ।
गत शनिवार गाउँपालिका अध्यक्ष मल्लसहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत गरेर ४४ जनाको कोरोना परीक्षणका स्वाब लिइएको थियो । परीक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । उनी पनि बिदामा घरमा नै बसिरहेको बताइएको छ । योसँगै पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय २७ पुगेको छ ।





