आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्वतका सङ्क्रमित पुरुषको पोखरामा मृत्यु

पर्वतका सङ्क्रमित पुरुषको पोखरामा मृत्यु


  • संजय रेग्मी
  • कार्तिक १३ २०७७, बिहिबार

पर्वत, १३ कात्तिक- बुधवार मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएका पर्वतका एक पुरुषको बिहीबार नै मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालको आइसियुमा बिहीबार बिहान सवा छ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वास प्रणालीमा समस्या रहेको अवस्थामा उनको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ७२ पुगेको छ । पर्वत जिल्लाको लागि भने यो दोस्रो मृत्यु हो । यस अगाडि कुस्मा नगरपालिका–५ घर भई व्यवसाय गर्दै आएकी एक महिलाको पनि मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->