पर्वत, १६ कात्तिक– गण्डकी प्रदेशमा हालसम्मकै धेरै आइतबार एकै दिनमा चार सय ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार दिनभर निकालेका फरक फरक विज्ञप्तिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एन्ड डाइग्नोष्टिक प्रा.लि. पोखरा र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएका परीक्षणमा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो ।
निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्तिमा बागलुङका तीन जनामा, गोरखाका पाँच जनामा, कास्कीका छ जनामा, लमजुङका दुई जनामा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जनामा, स्याङ्जाका एक जनामा र तनहुँका ११ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । दोस्रो विज्ञप्तिमा कास्कीका ३२ जनामा, तेस्रो विज्ञप्तिमा कास्कीका ४३ जनामा, तनहुँका दुई जनामा, गोरखाका एक जनामा, म्याग्दीका एक जनामा र स्याङ्जाका दुई जनामा सङ्क्रमणको पुष्टि गरिएको छ ।
यसै गरी आइतबारको चौथो विज्ञप्ति अनुसार स्याङ्जामा तीन जना, पर्वतमा दुई जना, लमजुङमा आठ जना, तनहुँमा पाँच जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १४ जना, कास्कीमा २० जना सङ्क्रमित थपिएका छन् । पाँचौँ विज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १५ जनामा, गोरखाका पाँच जनामा, तनहुँका तीन जनामा, कास्कीका एक जनामा र लमजुङका एक जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । छैटौँ विज्ञप्ति अनुसार कास्कीका ५६ जनामा, बागलुङका एक जनामा, पर्वतका एक जनामा, स्याङ्जाका एक जनामा, तनहुँका चार जनामा र म्याग्दीका एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
निर्देशनालयले जारी गरेको सातौँ विज्ञप्ति अनुसार कास्कीमा ८८ जना, बागलुङमा चार जना, गोरखाका १४, लमजुङका सात जना, म्याग्दीमा पाँच जना, पर्वतमा नौ जना, स्याङ्जामा तीन जना र तनहुँमा १४ जना सङ्क्रमितहरू थप भएका छन् । आठौँ विज्ञप्तिमा कास्कीमा ३७ जनामा, बागलुङका एक जनामा र तनहुँका एक जनामा सङ्क्रमणको पुष्टि गरिएको छ ।





