बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा बिभिन्न मुद्धाका पाँच जना पक्राउ

पर्वतमा बिभिन्न मुद्धाका पाँच जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

पर्वत, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय पर्वतले हातहतियार खरखजना सहित दुई जना र ठगीमा संलग्न तीन जना गरी पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार हातहतियार खरखजनामा महाशिला गाउँपालिका–५ का ४२ वर्षीय ओमबहादुर मल्ल र ३३ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् । उनीहरू हतियार सहित घुमिरहेको भन्ने सूचना पाएको प्रहरीले उनीहरूलाई दुई थान भरुवा बन्दुक, पाँच सय ४० ग्राम बारुद र तीन सय २४ ग्राम सिसाको छर्रा सहित नियन्त्रणमा लिएको हो । कात्तिक आठ गते पक्राउ परेका उनीहरूलाई कात्तिक १६ गते जिल्ला अदालत पर्वतमा पेस गरेर अनुसन्धान भइरहेको छ ।
यस्तै ठगीको आरोपमा जलजला गाउँपालिका–७ का ३३ वर्षीय होमनाथ जैसी, २४ वर्षीय सरोज शर्मा र बागलुङको बरेङ गाउँपालिका–२ का २३ वर्षीय प्रदीप रिजाल पक्राउ परेका छन् ।
उनीहरुले भारतमा ओरियन्स कम्पनीबाट उत्पादित हर्बल सामग्रीहरु नेपालमा ल्याई व्यक्तिहरूलाई त्यसको सदस्यता प्रदान गरी पिरामिडमा आधारित भई सामान बिक्री गर्ने व्यवसाय सञ्चालन गरेको पाइएको प्रहरीले बताएको छ । गत कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट ठगीको आरोपमा पक्राउ परेका उनीहरूलाई कात्तिक ७ गते पर्वत प्रहरीले बुझेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तीनै जनाको मुद्रालाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम कारबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाण्डौमा पठाइएको छ । पर्वत प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई जिल्ला अदालत पर्वतमा ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->