मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

बागलुङ, १७ कात्तिक– बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परि बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केहि पत्तो लागेको छैन् । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।
लामो समयसम्म खोजी गर्दा समेत बेपत्ताहरुको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरुको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । ‘हामीले खोजी रोकेका छैनौं, खोज्ने प्रक्रिया बद्लिएको छ’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने ‘सबै जानकारीसहितको विवरण देशभर पठाएका छौं, सबैको अवस्था अज्ञात छ ।’
जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतक सरहको राहत उपलव्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुननिर्माणका लागि प्रक्रिया सुरु भएको छ ।
बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षिय जीत बहादुर घर्ति मगर, ९ वर्षिय शेसन बिक, ४ वर्षिय रवि बिक, २२ वर्षिय मनकुमारी बिक, २१ वर्षिया टेकमाया बिक, १० महिनाकी तिर्सना बिक र १५ वर्षिया मनिषा बिक बेपत्ता छन् ।
त्यस्तै, सोही ठाउँकै ५५ वर्षिया कौशिला पुल, २६ वर्षिय विलास पुन, ५५ वर्षिया तुलमती घर्ति, ५ वर्षिय विराज बिक, १० महिने शिशु उमिसा बिक, ३ वर्षिया करली पुन, ८ वर्षिय मोहन बिक र १२ वर्षिया समुन्द्र बिक बेपत्ता छन् । बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेका थिएभने १ जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का १ सय ३० घरमा क्षति पुगेको तथ्यांक नगरपालिकासँग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->