सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जलजला गाउँपालिकाका बाढीपहिरो पीडितलाई अष्ट्रेलियाबाट ७ लाख ८३ हजार रुपैयाँ सहयोग

जलजला गाउँपालिकाका बाढीपहिरो पीडितलाई अष्ट्रेलियाबाट ७ लाख ८३ हजार रुपैयाँ सहयोग


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ३ २०८३, सोमबार

पर्वत/पर्वतको जलजला गाउँपालिकाका बाढीपहिरो पीडितको पुनरुत्थान तथा पुनःस्थापनाका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका जलजला क्षेत्रका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

पर्वत जलजला नेपाली समुदाय अष्ट्रेलियामार्फत पीडितका लागि ७ लाख ८३ हजार ३ सय ५८ रुपैयाँ सहयोग संकलन भएको हो । गत असोज ८ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण जलजला गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको थियो । प्राकृतिक विपद्बाट प्रभावित बनेका नागरिकको राहत, पुनरुत्थान तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अष्ट्रेलियाका विभिन्न स्थानमा बसोबास गर्दै आएका जलजलावासी नेपालीहरूले उक्त रकम संकलन गरेका हुन् ।

बिक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त सहयोगले विपद्बाट प्रभावित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणमा सहयोग पुग्ने छ ।

समुदायबाट गाउँबासीका लागि भएको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले धन्यवाद व्यक्त गरे । दुःखको बेलामा गाउँपालिका स्थानीय सरकारसहित अन्यस सरकार र नागरिकको पक्षबाट पनि सहयोग हुनुपर्ने उनको भनाई छ । बाढी र पहिरोले जलजलामा मानवीय क्षति नभएको भए पनि भौतिक रुपमा भने धेरै क्षति भएकोले यो बेलामा सबैको साथ आवश्यक रहने अध्यक्ष आचार्यले बताए ।

आफ्नो जन्मभूमिमा विपद् पर्दा विदेशमा रहेर पनि सहयोगका लागि जुटेका जलजलावासी नेपालीहरूको यो पहलले प्रवासमा रहेका नेपाली र आफ्नो मातृभूमिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन समेत सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->