शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुस्ताङमा थपिए १३ जना सङ्क्रमित

मुस्ताङमा थपिए १३ जना सङ्क्रमित


  • ढोरपाटन संबाददाता
  • कार्तिक ३० २०७७, आइतबार

पर्वत, ३० कात्तिक- कोरोना सङ्क्रमणमा हालसम्म सुरक्षित अवस्थामा रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा आइतबार एकै पटक थप १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार जारी गरेको चौथो विज्ञप्तिमा यसको पुष्टि गरिएको छ ।
थपिएकाहरूको स्थानीय तह खुलेको छैन । तर उनीहरू ४०, २७, २७, ३९ र ५२ वर्ष उमेरका पाँच जना महिला तथा १८, १५, २१, ३०, ७५, ४९, २६ र ५२ वर्ष उमेरका आठ जना पुरुषहरू रहेका छन् ।
आज थपिएका कोरोना सङ्क्रमितसँगै मुस्ताङमा सक्रिय केसको सङ्ख्या २१ पुगेको छ । सङ्क्रमितको कुल सङ्ख्या २३ रहेको भए पनि दुई जनालाई भने निको भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->