पोखरा, ९ माघ– विश्वकै चर्चित पदमार्ग (एबिसी) जान पिसिआर रिपोर्ट नचाहिने भएको छ ।
छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसीआर रिपोर्ट नचाहिने निर्णय गरेकोे छ । समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेकाले पनि पिसीआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समयअघि पाहुनाकालागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जनजीवन पनि सामान्य भएकाले समितिले यस्तो निर्णय लिएको छ ।’





