बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

आजदेखि नेपालमा चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव: मौसम विभाग

आजदेखि नेपालमा चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव: मौसम विभाग

महाशाखाले भनेको छ, ‘बिहीबारदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८३, बिहिबार

पोखरा / नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात  ‘अर्नब’को प्रभाव नेपालमा आज (बिहीबार) देखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ।

मौसम महाशाखाका अनुसार अर्नबका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भएको छैन।

सूचना जारी गरी महाशाखाले अगाडि भनेको छ, ‘बिहीबारदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।’

मौसम महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो।

जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यसैगरी उक्त ३ दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->