शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पहाडी क्षेत्रको मौसममा आंशिक बदली, थोरै स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने

पहाडी क्षेत्रको मौसममा आंशिक बदली, थोरै स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७७, शुक्रबार

काठमाण्डौ, ९ माघ– हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति छैन । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका केही भू–भागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने संभावना देखिएको मौसम बिज्ञान विभागले जनाएको छ ।
आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य वदली हुने सम्भावना रहेको छ । प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->