शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७७, आइतबार

काठमाडौं, १८ माघ – सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन् । सरकारले ३० पुसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । उक्त बैठकमा परिषद सदस्य रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित भएका थिएनन् । बैठकमा सहभागी परिषद सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बैठकपछि नियुक्तिबारे छलफल भएको तर, निर्णय नभएको बताएका थिए । यद्यपि गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै परिषदले संसद सचिवालयमा पत्र पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->