शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोग जाने

नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोग जाने

ओलीलाई साधारण सदस्य र पौडेललाई महासचिवबाट पदमुक्त गर्ने निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

काठमाडौं, १९ माघ – नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ । सो पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ ।
आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताए । पार्टीका नेताहरुको हस्ताक्षरसहित आयोग जाने समेत बताइएको छ । बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।
यस्तै म्यानमारमा भएको सैन्य कुको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतलाई रिहा गर्न पनि बैठकले माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->