शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

संसद विघटन प्रकरण सर्बोच्चमा दोहारी र कविताले हानाहान

संसद विघटन प्रकरण सर्बोच्चमा दोहारी र कविताले हानाहान


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७७, मंगलबार

काडमाण्डौ, २० माघ– दोहोरीमा बहस कस्तो होला । कविका अंशहरु मार्फत गरिने प्राहर र व्यङ्ग्यको समिश्रण बनेको र संसद बिघटन बिरुद्ध परेका रिटमाथीको बहस । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको संसद विघटनविरुद्धको मुद्दामा अहिले सरकारतर्फका अधिवक्ताहरुले बहस गरिरहेका छन् । हिजोदेखि सरकार पक्षको बहस सुरु भएको हो ।

अदालतको इजलासभित्र कानुनी र संवैधानिक तर्कवितर्क भइरहँदा गीत, कविता तथा हास्यव्यङ्ग्यको पनि मिश्रण भइरहेको छ । रिट निवेदकको तर्फबाट बहसका क्रममा वरिष्ठ अधिवक्ताहरुले नै गीत तथा कविताको सहहारा लिएका थिए ।

त्यसको जवाफमा सरकारको पक्षबाट बहस गर्न आएका अधिवक्ताहरुले पनि आफ्नो तर्कलाई गीतमार्फत नै प्रस्तुत गरेका छन् । आजको बहसमा महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो तर्क प्रस्तुत गर्नका लागि गीतको सहारा लिएका हुन् ।

खरेलले बहसका क्रममा भने, ‘यसअघिका बहसमा गीतहरु फरक तरिकाले प्रस्तुत गरियो । अहिलेको रिट निवेदकहरुका लागि सुहाउँदो गीत नाइँ मलाई त्यही केटी चाहिन्छ हो । गीतमा जस्तै जसरी भएपनि, जे गरी भएपनि मलाई पुरानै संसद चाहिन्छ भनिरहनुभएको छ उहाँहरु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->