काठमाडौं, २३ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटीअघिको स्थान छानेको बताएका छन् । राजधानीमा आयोजित सभामा बोल्दै उनले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको बताए । सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए । मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे । उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए ।
प्रधानमन्त्री ओलीले देश चुनावमा गइसकेको वताउदै भने, ‘अव देश चुनावमा गयो, गयो ।’ उनले लोकतन्त्र नमासिने दावी पनि गरे । भने, ‘देश अघि गयो गयो ।’





