शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सरकारी वकिललाई बहस गर्न १५ मिनेट मात्रै

सरकारी वकिललाई बहस गर्न १५ मिनेट मात्रै


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७७, आइतबार

काठमाण्डौ, २५ माघ– संसद विघटनविरुद्धका रिटमाथि बहस भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसकर्तालाई १५ मिनेटको समय तोकिएको छ ।

आजको संवैधानिक इजलासको सुरुवातमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारतर्फका बहसकर्तालाई १५ मिनेटको समय तोकेका हुन् । यसअघि, रिट निवेदक तर्फका वकिलहरुलाई पनि २० मिनेटको समय तोकिएको थियो ।

गत सोमबारदेखि इजलासमा सरकार पक्षका वकिलहरुले बहस गरिरहेका छन् । आज सरकारी वकिलको बहस सक्नेगरी प्रधानन्यायाधीश राणाले समय तोकेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->