शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

छोरी जन्मेपछि हेलिकोप्टरबाट उद्धार, प्रसुति गृहमा पुन दुई छोरा जन्मिए

छोरी जन्मेपछि हेलिकोप्टरबाट उद्धार, प्रसुति गृहमा पुन दुई छोरा जन्मिए


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७७, सोमबार

काठमाडौं, २६ माघ – हेलिकोप्टरबाट तत्कालै उद्धार नगरिएको भए सायद उनले बच्चालाई संसार देखाउन पाउने थिइनन् । तर, सरकारले समयमै हेलिकप्टर पठाएर काठमाडौंको प्रसूति गृहमा पुर्‍याएका कारण शान्ता कार्की बुढाथोकीको मात्रै ज्यान बचेन उनले एकैसाथ ३ सन्तानलाई समेत संसार देखाएकी छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ५ की शान्तालाई प्रसूति व्यथाले च्यापेर एउटा बच्चा जन्मिएपछि झनै समस्या भएको थियो । बचाउनै नसक्ने अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाट तत्कालै उद्धार गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा हवाई उद्धार कार्यविधी २०७५ अनुसार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर ल्याएको केहीबेरमै उनले थप दुई छोरालाई जन्म दिएकी हुन् । छोरी भने फेदिगुठ स्वास्थ्य चौकीमै जन्मिएकी थिइन् । दुई छोरालाई शल्यक्रियाबाट जन्म दिएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->