शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पत्रकार पन्त र कार्कीलाई इन्जा खोज पत्रकारिता पुरस्कार

पत्रकार पन्त र कार्कीलाई इन्जा खोज पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

काठमाण्डौ, ३ फागुन– नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए ।
समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानविन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए । इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->