शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

लिखित जवाफ लिएर सर्वोच्च पुगे ओली

लिखित जवाफ लिएर सर्वोच्च पुगे ओली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

काठमाण्डौ, ६ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । बिहीबार प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेर सर्वोच्‍चमा लिखित जवाफ पेश गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वोच्चमा लिखित जवाफ पेश गरेर प्रधानमन्त्री ओली फर्किसकेका छन् ।
प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व(प्रधानन्यायधाीशहरू तथा पूर्व(सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

चार पूर्व(प्रधानन्यायाधीशले यसअघि नै अदालत गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन् ।

सर्वोच्चले पूर्व(प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->