पोखरा, ११ फागुन– पोखरा महागनरपालिकाले कर्मचारीहरुलाई सकारात्मक सोच राख्न सिकाएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा भएको आवासीय अभिमुखीकरण कार्यक्रममा ५० जना कर्मचारीको सहभागिता रहेको थियो । ३ दिने कार्यक्रमको मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले नागरिकको करबाटै सुविधा लिएका कर्मचरीहरुले नागरिकबाट गुनासो नै नआउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहजकर्ता एवं पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर आरसी लामिछानेले महानगरका कर्मचारीहरुबीच योग्यतामा कुनै कमी नभएको तर शैली बदल्नुपर्नेमा बताएकाा थिए ।





