बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

४६ वर्षीया महिला सम्पर्कबिहिन

४६ वर्षीया महिला सम्पर्कबिहिन


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २९ २०७७, शनिबार

पर्वत, २९ फागुन– पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटबाट एक महिला बेपत्ता भएकी छन् । लेखफाँटकी ४६ वर्षीया दुर्गादेवी सुवेदी गत फागुनको १६ गतेदेखि सम्पर्कविहीन भएकी हुन् ।
लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि अहिले उनको खोजीका लागि परिवारले सरोकारवालासँग हारगुहार गर्न थालेको छ । घरबाट निस्केकी सुवेदी आफन्तकोमा गएको अनुमान गरेको परिवारले भोलिपल्ट समेत घर नफर्केपछि प्रहरीमा खबर गरेको थियो ।
लामो समय घरकी मुलीमान्छे हराएको भन्दै परिवार बिचल्लीमा परेको छ । सुवेदीलाई भेट्ने वा देख्ने कोही कसैले ९८६७६९९२२८ अमृत आचार्य र ९८६७७०८५३६ सुवास आचार्यलाई सम्पर्क गर्न अनुरोध गरेको गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->