आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

हिमालय आँखा अस्पताललाई रेटिनाको स्क्यान मेसिन सहयोग

हिमालय आँखा अस्पताललाई रेटिनाको स्क्यान मेसिन सहयोग


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ४ २०७७, बुधबार

पोखरा, ४ चैत– रोटरी क्लब अफ पोखरा मिडटाउनले पोखराको हिमालयन आखाँ अस्पताललाई रेटिनाको सिटि स्क्यान गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
रेटिनको सिटि स्क्यान गर्ने ९१ लाख रुपैँयाको ओसिटि एन्जीओग्राफी मेसिन हस्तान्तरण गरिएको हो । अन्तराष्ट्रिय रोटरी सभापनि उम्मेदवार शेखर मेहताले एक कार्यक्रमका बिच अस्तपताललाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण पश्चाल बोल्दै मेहताले भारतमा रोटरीले करिब ४९ अस्पतालको स्थापना गरेको जानकारी दिदैँ नेपालमा समेत ठाउँ ठाउँमा अस्पताल खोल्न आवस्क रहेको बताए । सयौँ किलोमिटर गुडेर आखाँको उपचार गराउनु निकै दुख पूर्ण कुरा रहेको बताउँदै उनले रोटरीकै पहलमा ठाउँ ठाउँमा साना आखाँ अस्तपताल खोल्न आग्रह गरे । ‘आखाँ अस्पताल निकै महत्वपूर्ण हुन्छ । पोखरालाई आखाँको रिसर्च सेन्टर बनाउने भन्ने परिकल्पना निकै राम्रो लाग्यो ।’ नेपालमा लाखौँ मानिसहरुमा आखाँको समस्या रहेकाले अस्पतालको खाचोँ बढिमात्रामा रहेको र समस्याको समाधान गर्न अन्तराष्ट्रिय रोटरी तयार रहेको बताए । ‘आखाँ अस्पताललाई अन्य मेसिन पनि दिनुहोस् र त्यसैबाट केहि आम्दानी गरेर थप प्रविधि भित्राउन सकिन्छ त्यरी नै जानुहोस ।’ २० ओटा सानो अस्पताल खोले आफुले सहयोग गर्ने प्रतिबद्धत व्प्यक्त गरे । यसरी योजना दिनरात नभनी हिडे आगामी १० वर्ष भित्र नेपालमा समेत रतन्धोको विरामी नरहनेमा विश्वस्त रहेको बताए । उनले रोटरीलाई आगामी वर्ष आखाँ सम्बन्धि १० ओटा बढि योजना तयार पार्न समेत आग्रह गरे । ‘अबको कार्यकाल सम्हाल्ने कार्यसमितिले आखाँ सम्बसम्बन्धि १० भन्दा बढि योजना बनाउनुहोला, सहयोग गर्नेछु ।’ नेपालभर कति आखाँ अस्पताल छन् तथ्याङ्क निकाली थप अस्पताल खोल्नमा जोड दिए । सोहि क्रममा बोल्दै हिमालयन आखाँ अस्पतालका अध्यक्ष कृष्ण गुरुङले तत्कालिन समयमा गण्डकी र धवलागिरी अञ्चलका नागरिकका लागि अस्पताल खुलेपनि अहिले भने देशभरका लागि सेवा दिइरहेको बताए । उनले दुरदराजमा रहेका नागरिकका लागि दाताहरुको सहयोगमा संस्था जन्माएको बताए । नेत्र ज्योति अन्तर्गत सामाजिकम सेवाका लागि सिमित अस्पताल नाफा रहित रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->