पोखरा, ६ चैत– पोखरा ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्र भित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ ।
वन क्षेत्रको हरियाली प्रवद्र्धनकासाथै जंगली जनावरलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्माण गरिएको हो । जंगलको बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका स्रोतमा १ लाख ३५ हजार रुपैयाँको लागतमा कुवा र पोखरी निर्माण सम्पन्न हो भने टुनेपानी श्रोतको पनि संरक्षण गरिने वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर क्षेत्रीले जानकारी दिए ।
डिभिजन वन कार्यालय कास्कीले पोखरी निर्माण परियोजनाका लागि १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । कूल २६ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त सामुदायिक वनमा एक सय घर धुरी उपभोक्ता आवद्ध रहेका छन् ।





