आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

चिरिच्याट्ट गौरीघाट

चिरिच्याट्ट गौरीघाट


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ७ २०७७, शनिबार

पोखरा, ७ चैत– फेवातालमा धेरै घाटहरु छन् । कुनैबेला ती घाटकै पानी अञ्जुलीमा भरेर घट्घट् पिउन मिल्यो । तर, अहिले त्यस्तो छैन । पानी छुन पनि घिनाउनु पर्ने अवस्था छ । घाटहरुमा फोहर थुप्रिने गरेको छ ।
घाटको दुर्गति भएकै बेला यहाँको गौरीघाट क्षेत्रले चाहिँ नयाँ जीवन पाएको छ । गौरीघाट क्षेत्रको साढे २ रोपनी क्षेत्रमा सौन्दर्यकरण गरिएको छ । स्थानीयको आग्रहमा पोखरा महानगरले सो अभियानलाई सघाएको हो । महानगरको १२ लाख५० हजार रुपैयाँको सहयोगमा घाट प्रवेशद्धारमा नेपाली मौलिकता झल्कने आँखीझ्याल राखिएको छ भने त्यहाँ रहेका बोटबिरुवाको नाम अंकित बोर्ड पनि झुड्याइएको छ । गौरीघाट पार्कका योजनाकार एवं व्यवस्थापन संयोजक अनिल थापाले गौरीघाटलाई केहीबेर पर्यटक अडिने पार्कको रुपमा विकसित गरिएको जनाए । पार्कको शुक्रबार पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->