पोखरा, ७ चैत– गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिकिर गरेकी छन् । ा
कास्कीको रुपा गाउँपालिका न्यायिक समितिद्धारा शुक्रबार आयोजित मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिमको अवसरमा बोल्दै उनले अधिकांश न्यायीक सरोकारका विषयहरु स्थानीय तहबाटै सम्पादन हुनु महत्वपूर्ण भएको बताइन् ।उनले पीडित र पीडक दुवै पक्षलाई न्यायको अनुभूति गर्ने खालको निर्णय गर्नुपर्नेमा पनि जोड दिइन् ।
गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायीक समितिका संयोजक लालसुव्वा गुरुङले वडास्तरका न्यायमूर्तिहरु निर्भिक र निश्पक्ष न्याय सम्पादनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिइन् । तालिममा गाउँपालिकाका ७ वडाका २१ जना मेलमिलाप सहजकर्ताको सहभागिता रहेको छ ।





