आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मुख्यसचिव छाडेलगत्तै लोकसेवा अध्यक्ष

मुख्यसचिव छाडेलगत्तै लोकसेवा अध्यक्ष


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ७ २०७७, शनिबार

पोखरा, ७ चैत– गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा विष्णु नेपालको नाम सिफारिस भएको छ । उमेर हदका कारण प्रदेश सरकारको मुख्यसचिवबाट अवकाश पाएलगत्तै उनलाई लोकसेवाको अध्यक्षको रुपमा ल्याइएको हो ।
आयोगका सदस्यहरुमध्ये कम्तीमा एकजना सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कनै सरकारी सेवामा रहेका व्यक्तिहरुमध्येबाट ल्याउनु पर्ने प्रावधान मिलेसँगै अवकाश पाउनासाथ नेपाललाई अर्को लाभको पद मिलेको हो । उनी मुख्यमन्त्री गुरुङले नै रुचाइएका व्यक्ति हुन् । सदस्यको रुपमा आदिकवि भानुभक्त क्याम्पसकी सहायक प्रमुख कल्पना लम्साल सिफारिसमा परेकी छन् । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीको रोजाइकी हुन् ।
केन्द्रमा सत्ता फेरबदल र आरोप–प्रत्यारोप चलिरहँदा गण्डकीमा ‘सहमति’मै लोकसेवा आयोगको पदाधिकारी चयन भयो । समितिमा एक सदस्य खाली छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको ३ सदस्यीय समितिले लोकसेवा आयोगको अध्यक्ष र प्रावधान चयन गर्नुपर्छ । स्रोतका अनुसार सभामुखले कसैको पनि नाम नदिएकाले एक सदस्य खाली राखिएको हो । उनीहरुलाई आइतबार उच्च अदालत पोखराका मुख्य न्यायाधीशबाट सपथ खुवाउने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->