आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरामा लायन्स भेला हुँदै

पोखरामा लायन्स भेला हुँदै


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ९ २०७७, सोमबार

पोखरा, ९ चैत– लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । चैत १४ गते हुने सम्मेलनमा करिब ४ हजार जना लायन्स सदस्यहरु सहभागी हुँदैछन् ।
सम्मेलन आयोजक लायन्स क्लब अफ पोखरा माछापुच्छे«का कन्भेनर शिवराज आचार्यले पोखरामा हुने सम्मेलनले यहाँको पर्यटन उद्योगलाई सही दिशा दिने जिकिर गरे । उनले सम्मेलनको पूर्वसन्ध्यामा चैत १३ मा काठमाडौंबाट पोखरासम्म कार ¥याली तथा पोखराका ९ वटा चोकमा सरसफाइ कार्यक्रम तय गरिएको पनि बताए । सम्मेलनको दिन चिप्लेढुंगाबाट सुर हुने परेड प्रदर्शनी केन्द्रसम्म पुग्नेछ ।
लायन्सले सञ्चालनमा ल्याएको ‘पढाऊ अभियान कार्यक्रम’ (लायन्स शिक्षा कोष) अन्तर्गत ४९० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पनि उनले जनाए । छात्रवृत्ति ३ हजार ५ सयदेखि ३५ हजार रुपैयाँसम्मको हुनेछ । २८० जना लायन्स सदस्यहरुले छात्रवृत्तिको लागि कोष बनाइदिएको पनि उनले सुनाए । अधिवेशनको दिन पोखरा प्रदर्शनी केन्द्रमा रक्तदान कार्यक्रम गरिने छ । सम्मेलनले लायन्सलाई नयाँ नेतृत्व दिँदैछ । कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नरमा पोखराका विश्वेश्वर आचार्य, फस्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेन्ड भाइस गभर्नरमा मनिश्रीरत्न बज्राचार्यको उम्मेदवारी छ । कन्भेन्सन तयारीमा २८ वटा उपसमितिहरु क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->