आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नक्कली सेकेण्ड लेफ्टिनेण्ट पक्राउ

नक्कली सेकेण्ड लेफ्टिनेण्ट पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ९ २०७७, सोमबार

पोखरा, ९ चैत– नेपाली सेनाको सेकेण्ड लेफ्टिनेण्ट हुँ भन्दै हिँड्ने एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । शनिबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीकै पोशाकमा ‘म आर्मीको मान्छे हुँ’ भन्दै प्रवेश गरेका मुस्ताङ थसाङ गाउँपालिका ४ का १८ वर्षीय विपिन लगुन बिक नक्कली भएको पुष्टि भएको हो । आफूलाई तेन्जिङ तो गुरुङ भनेर चिनाउने बिकले विमानस्थल निर्माणस्थलमा प्रवेश गरेपछि अवाञ्छित व्यवहार प्रदर्शन गरेका थिए ।
उनको व्यवहार गतिलो नभएपछि सुरक्षामा खटिएका सेनाले केरकार गर्दा उनी नक्कली सहायक सेनानी भएको खुलेको थियो । नक्कली भएको प्रमाणित भएसँगै सेनाले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको थियो । उनको साथबाट नेपाली सेनाको पोशाक,सहायक सेनानीको दज्र्यानी चिन्ह,भगवती दल गण पोखरा लेखिएको परिचयपत्र, कालो रंगको नक्कली वाकिटकीको रेडियो सेट, रमेश श्रेष्ठ लेखिएको नागरिकताको प्रमाणपत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->