शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तत्काल लकडाउन हुँदैन: अर्थमन्त्री पौडेल

तत्काल लकडाउन हुँदैन: अर्थमन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७७, बिहिबार

काठमाडौं, १२ चैत– अर्थमन्त्री विष्णु पौडेलले कोभिड संक्रमण रोकथामका लागि तत्काल लकडाउन नहुने बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपाललाई दिएको एक अन्तर्वार्तामा उनले स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने बताएका हुन् ।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने तर लकडाउन र सीमानाका बन्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।
‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->