बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

स्वास्थ्य संस्थाको प्रोटोकल बनाइँदै

स्वास्थ्य संस्थाको प्रोटोकल बनाइँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८३, बिहिबार

बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थामा एकै प्रकारको स्वास्थ्य प्रोटोकल बनाउने तयारी भएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले सहजीकरण गरीयससम्बन्धी हाते किताब ल्याउन लागिएको हो ।

त्यसकालागि पहिलो चरणको काम सम्पन्न भैसकेको छ । तिहार पछि यो किताब प्रकाशित गरेर प्रयोगमा ल्याइने भएको हो । बागलुङका १ सय ३ स्वास्थ्य संस्थामा यो एकैपटक लागू हुनेछ । त्यसबाहेक सबै स्वास्थ्य संस्थामा डाक्टर वा स्वास्थ्यकर्मी छन वा छैनन् भन्ने थाहा पाउन सकिने डिजिटल प्रविधिको पनि विकास गरिएको छ ।

यो विधि उपयोगमा आउन सकेमा बिरामीले स्वास्थ्य संस्था जानुअघि भेट्नुपर्ने स्वास्थ्यकर्मी भए÷नभएको समेत थाहा पाउनेछन् । गर्भवती महिलाले प्रोटोकल अनुसार स्वास्थ्य परीक्षण गर्ने मितिमा संस्थामा पुग्ने, छुटेको खण्डमा कहिले परीक्षण गर्ने र सुत्केरी हुने तिथि मिति तय गरिने पनि यो विधिले सहयोग गर्नेपरियोजनाका संयोजक विष्णु सुवेदीले बताए ।

फेयरमेड फाउण्डेसनका टिम लिडर गणेश बरुवालले यो विधि लागू गर्न पहल गरिरहेको जनाए । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनकी परियोजना व्यवस्थापक ममिता पुनले आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सबैको चासो र सहयोग मिलाउने काममा लागेको बताइन् । सरकारी संरचना र गैरसरकारी संरचनाको सदुपयोग भएमा नागरिकले गुणस्तरीय सेवा पाउने उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->