काठमाडौं / अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ ।
प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् । अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो ।
मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।





