बागलुङ / बुर्तिवाङ-रुद्धवेनी सडक खण्डको सत्यवती गाउँपालिका वडा ४ को पल्लो खैरेनी बाँदरे भिरमा खसेको ठुलो ढुङ्गा फुटाएपछि दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक बीरेन्द्र विश्वकर्माका अनुसार रुद्धवेनी–बुर्तिवाङ सडक खण्डको सत्यवती गाउँपालिका वडा ४ को पल्लो खैरेनी बाँदरे भिरमा सडक माथिबाट लेदोसहितको ठुलोे ढुङ्गा खसेपछि सोमबारबाट सडक अवरुद्ध भएको थियो ।
मङगलबार रातिबाट लेदोसहितको साना ढुङ्गा र ठुलो ढुङ्गाको केही भाग फुटाएर उक्त सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ । लामो समयको प्रयासपछि बुधबार साँझबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
उक्त सडक दैनिक रुपमा रुद्धवेनीदेखि बाग्लुङसम्म लामो तथा छोटो दूरीको सवारी बढी चल्ने सडकको रुपमा चिनिन्छ ।





