बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्लाष्टिकका फूलजन्य सामग्रीमा प्रशासनले लगायो प्रतिबन्ध

प्लाष्टिकका फूलजन्य सामग्रीमा प्रशासनले लगायो प्रतिबन्ध

प्लाष्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८३, बिहिबार

लमजुङ/ जिल्ला प्रशासन कार्यालय लमजुङले प्लाष्टिकजन्य फूल, फूलमाला तथा फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ ।

प्लाष्टिकजन्य फूलमाला तथा फूलगुच्छाको प्रयोग नगर्न समेत नागरिकलाई आग्रह गरेको छ । तिहार, छठलगायतका पर्वमा प्लाष्टिकजन्य फूलमाला, खादालगायतका सामग्रीको सट्टा फूल र फूलमाला प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एक सूचना जारी गर्दै वातावरणमैत्री तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्राकृतिक फूलबाट बनेका माला तथा फूलगुच्छा प्रयोग गर्न आग्रह गरेको गरेको छ।

लमजुङका विभिन्न पालिकामा पुष्पखेती व्यवसायका रुपमा विकास भइरहेको र मुलुकसमेत पुष्प व्यवसायमा क्रमशः आत्मनिर्भर हुँदै गएकाले प्लाष्टिकजन्य फूलमाला, खादालगायतका सामग्री प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा पूर्ण रोक लगाएको प्रशासनले जनाएको छ ।

प्लाष्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । बजार अनुगमनका क्रममा त्यस्ता सामग्री बिक्रीवितरण भएको पाइएमा जफत गरी कडा जरिवाना गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->