आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

तमु धिंमा सामुदायिक भवन

तमु धिंमा सामुदायिक भवन


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १३ २०७७, शुक्रबार

पोखरा, १३ चैत– तमु धिं नेपालले नयाँबजारमा रहेको केन्द्रीय कार्यालयमा दुईतले सामुदायिक भवन र स्वागतद्धार बनाउने भएको छ । ती दुबै संरचनाको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।
सामुदायिक भवन १ करोड ४२ लाख ८५ हजार रुपैयाँको लागतमा बन्ने भएको हो । भवन र स्वागतद्धार निर्माणका लागि गण्डकी सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड आर्थिक सहयोग गरेको छ ।सो अवसरमा बोल्दै गुरुङले पहिचानका नाममा गुरुङहरुमा विभिन्न थर उपथरलाई प्राथमिकता दिदै गएमा गुरुङको पहिचान नै गुम्ने खतरा हुने बताए । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुका अनुसार सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->