म्याग्दी, २३ चैत्र –मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभाबाट डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रचारप्रसार सचिवमा देवबहादुर घर्तिमगर चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा जयन्द्र रोकामगर, भिमप्रसाद रोका, जिवन पुन, बुलप्रसाद रोका, युराज पुन, कविना पुर्जा, रमेश भट्टचन, गेम बुढा, ओमराज मगर, तेजिन्द्र जुग्जाली, मनबहादुर मगर, राम गर्बुजा, तुलप्रसाद गर्बुजा, गगन पुन, मेनुका रोका, ज्ञानु फगामी, प्रकाश पाइजा, बबिता पुन, कोमल थापा, रामप्रसाद पुन रहेको मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले जनाएको छ । शनिबार बेनीमा सम्पन्न भएको भएको भेलाबाट सल्लाहकारमा चित्रबहादुर जुग्जाली, ओमबिकास पुन र नरबहादुर थापामगर छन् ।





