आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अब पोखरामै टेक्रोलिमस जाँच

अब पोखरामै टेक्रोलिमस जाँच


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७७, सोमबार

पोखरा, २३ चैत– युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आइतबारबाट राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ ।
पोखराको न्युरोडमा रहेको युआरएलले अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस अंग प्रत्यारोपण गरेकाहरुले खाने औषधिको नाम हो । बेला बेलामा यो औषधिको रगतमा भएको मात्रा जाँच गरी चिकित्सकले औषधि निर्धारण गर्छन् ।
यही जाँचका लागि राजधानी पुग्नुपर्ने वा पोखराबाट पठाउँदा रिपोर्ट आउन ३–४ दिन लाग्ने र तापक्रमलगायतका कारणले रिपोर्ट नै तलमाथि हुन सक्ने जोखिम थियो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले सेवाग्राही र चिकित्सकको सुझावमा यो जाँच सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->