पोखरा, २३ चैत– नेपाल पत्रकार महासंघ कास्कीबाट गण्डकी प्रदेश परिषद्मा उम्मेदवारी दिने २१ जना निर्विरोध बनेका छन् । निर्वाचन समितिका अनुसार कुल २८ जनाको उम्मेदवारी परेकोमा २ जनाको उम्मेदवारी बदर भएपछि अन्तिम समयमा २६ जना प्रतिस्पर्धी देखिएका थिए । तर, अन्तिम समयमा निर्वाचनमा होमिएका दुबै समूहले भागबण्डा मिलाएपछि निर्विरोधको अवस्था आएको हो । निर्विरोध हुनेमा प्रकाशचन्द्र सापकोटा, प्रशान्त लामिछाने, वासुदेव पौडेल, भानु पराजुली, राम गुरुङ, लोकेन्द्र ढकाल, शिविर पौडेल, सुदीपराज ढुंगाना, सुरज श्रेष्ठ र हिमनिधि लौडारी, ऋषिराम बराल, कृष्णराज आचार्य रचित, गिरिधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दीनानाथ बराल, नारायणप्रसाद देवकोटा, रहेका छन् । महिला सदस्यमा दीपा रेग्मी, बालकुमारी पौडेल (तारा),सावित्री खनाल र दलिततर्फ सुरेनकुमार नेपाली पनि निर्विरोध बने । राष्ट्रिय परिषद् सदस्यमध्ये २ महिला सदस्यमा सुष्माकुमारी पौडेल र लिना गुरुङ निर्विरोध हुँदा ७ पदको लागि १५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार खुला ४ पदका लागि आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट), श्यामनाथ कुँवर, पदम रेग्मी, विभु भुषाल, रमेश पौडेल, ऋषिकान्त पौडेल, कमल पौडेल ‘अथक’, खेमबहादुर सारु, गणेशमान गुरुङ, गंगाधर पराजुली, र राजेश पराजुलीबीच र आदिवासी जनजातिका लागि राजबहादुर गुरुङ र हुमबहादुर गुरुङ (तमु)बीच प्रतिस्पर्धा हुने भएको छ ।
यता कास्की जिल्ला अध्यक्षको लागि महासंघको कास्की जिल्ला अध्यक्षमा वर्तमान कार्यसमितिकी उपाध्यक्ष विमला भण्डारी र केशवशरण लामिछानेबीच प्रतिष्पर्धा हुँदैछ । पत्रकारहरु स्पष्ट दुई खेमामा विभाजित हुँदा भण्डारीलाई नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेण्टर, एमालेको माधव नेपाल समूहसँग निकट प्रेस चौतारीसहितका पत्रकारआवद्ध संघ÷संगठनले सघाएका छन् । केही पदमा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिएपनि अन्तिम समयमा स्वतन्त्रको हैसियतमा उम्मेदारी दिएकाहरुले नाम फिर्ता लिएपछि ती पदमा पनि दुई पक्षबीच नै भिडन्त हुने निश्चित भएको हो । अन्तिम समयमा उपाध्यक्षका उम्मेदवार रञ्जन अधिकारी क्षेत्री, सचिवका उम्मेदवार गौतम रानाभाट र कोषाध्यक्ष ओमप्रकाश उपाध्यायले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्तारुढ एमाले निकट प्रेस चौतारीले अन्तिम समयमा उनीहरुलाई उम्मेदवारी फिर्ता गराएको हो ।
भण्डारीको समूहबाट उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा रविना आले, सचिवमा दीपक परियार, सहसचिव समावेसीमा रेम विक, सहसचिवमा श्रीराम सिग्देल र कोषाध्यक्षमा कृण दवाडीले उम्मेवारी दिएका छन् ।उनीहरुलाई लामिछाने समूहको तर्फबाट उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, समावेसी सहसचिवमा दीपककुमार श्रेष्ठ, सहसचिवमा मानबहादुर घर्ती र कोषाध्यक्षमा एकराज गिरीले टक्कर दिनेछन् । भण्डारी समूहकी महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ र अल्पसंख्यक सदस्यमा जैनव खातुनले उम्मेदारी दिएका छन् भने लामिछाने समूहबाट महिला सदस्यमा तारा चापागाईँ दुबे, दलित सदस्यमा सूर्य सुनार,आदिवासी जनजातिको तर्फबाट महिला सदस्यमा खिमकुमारी गुरुङ र अल्पसंख्यक सदस्यमा सूर्यबहादुर परियार मैदानमा छन् । ९ जना खुला सदस्यका लागि गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, उमा आलेमगर, कञ्चन थापा, कमल सुवेदी, गीता रानामगर, प्रभु अधिकारी, विनिता सुनार खातुन, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, वीरेन्द्र सापकोटा, विष्णु गौतम, रोहितराज पराजुली, युवराज गुरुङ, हरि पन्त, भीमबहादुर थापा र भेषराज सुवेदी मैदानमा छन् ।





